Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिममा मुख्यमन्त्री भट्ट विश्वासको मत लिँदै, कांग्रेस तटस्थ

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिई तटस्थ बस्ने निर्णय गरेको छ।

आज प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मतमा राखेको प्रस्तावको पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बसेको हो।

आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने निर्णय गरेको थियो तर मतदानमा भने कांग्रेस सांसद तटस्थ बसेका छन्।

यद्यपि एमालेले भने मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । अहिले मतदान प्रक्रिया सुरु भइसेको छ।

प्रदेश सभामा एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् । एमालेका २४ मतदातामध्ये कारबाहीमा परेका १५ र संस्थापन पक्षका नौ सदस्य छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077