काठमाडौँ । जर्मन सरकारले अनुदान स्वरुप नेपाललाई सहयोग गरेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ।
युरोपियन युनियन बृहत् प्याकेज अन्तरगत जर्मनले नेपाललाई स्वास्थ्य सामग्री आज हस्तान्तरण गरेको हो ।
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका सामग्रीहरुमा ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका रहेका छन्।
Leave a Reply