Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अल्जाइमरको औषधिलाई पहिलो पटक स्वीकृति

    अल्जाइमरको औषधिलाई पहिलो पटक स्वीकृति

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोगका लागि एउटा औषधिलाई स्वीकृति दिएको छ ।

    अडुकेनमाब नाम गरेको औषधि अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न अमेरिकाले स्वीकृति प्रदान गरेको हो । झण्डै २० वर्षयता पहिलो पटक अल्जाइमरको औषधिले स्वीकृति पाएको हो ।



    यो औषधिले अल्जाइमरका लक्षण भन्दा अल्जाइमरका कारण निम्तने डिमेन्सियासहितका अवस्था रोक्नका लागि काम गर्ने देखिएको छ ।
    अल्जाइमरको क्षेत्रमा काम गर्दै आएकाहरुले औषधिलाई स्वीकृति प्रदान गरिनु सकारात्मक रहेको बताएका छन् ।



    तर वैज्ञानिकहरु भने यसको सम्भावित प्रभावलाई लिएर विभाजित छन् । परीक्षणको नतिजामा अनिश्चितता रहेका कारण वैज्ञानिकहरु विभाजित भएका हुन् ।

    अडुकेनमाबले मस्तिष्कमा अमालोइड बिटा प्लाक्सको मात्रा कम गर्ने देखिएको छ । सन् २०१९ मा भएको अडुकेनमाबको अन्तिम चरणको अन्तर्राष्ट्रिय परीक्षणमा झण्डै तीन हजार बिरामी सहभागी थिए । सो औषधि स्मरण शक्ति क्षयीकरणमा सहयोगी नभएको भन्दै परीक्षण रोकिएको थियो ।

    अमेरिकी उत्पादक बायोजेनले थप तथ्यांकहरुको विश्लेषण गर्दा औषधिले काम गरेको पाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार