Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • भारतीय नागरिकद्वारा जस्ताको टहराभित्र गुणस्तरहिन सेनिटाइजर उत्पादन , प्रहरीले गर्‍यो सिल

    भारतीय नागरिकद्वारा जस्ताको टहराभित्र गुणस्तरहिन सेनिटाइजर उत्पादन , प्रहरीले गर्‍यो सिल

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौले विभिन्न कम्पनीको नाममा उत्पादन गरिएका गुणस्तरहिन  २०० काटुन हेण्ड सेनिटाइजरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईचङगु नगरपालिका–२ सानो भर्‍याङ बस्ने निलकण्ठ नगरपालिका–४ धादिङका २४ वर्षीय दिपक श्रेष्ठ रहेका छन् । सेनिटाइजर उत्पादन भने भारत घर भई थानकोट बस्ने रोशन जैसवालले गर्दै आएको खुलेको छ । जैसवालले श्रेष्ठलाई म्याजेर बनाई उत्पादन गराउँदै आएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

    काठमाडौं परिसरका एसएसपी अशोक सिंहका अनुसार प्रहरी अनुसन्धानमा ईचङगु नगरपालिका–२ सानो भर्‍याङ स्थित सञ्जय महर्जनको जस्ताको टहरा भाडामा लिई जैसवालले अबैध रुपमा बिभिन्न कम्पनिको नाम तथा लोगो राखी गुणस्तरहिन हेण्ड सेनिटाईजर उत्पादन गर्ने गरेको खुलेपछि टहरोलाई नै सिल गरिएको छ । गोप्य सूचनाको आधारमा पुगेको महानगरिय प्रहरी परिसरको टोलीले ५ लिटर, ५००मिलि, १०० मिलिका २०० कार्टुन सेनिटाइजर बरामद गरेको हो ।



    त्यसो त रोशन जैसवालले सोही स्थानमा राजु महर्जनको ४ तले घर भाडामा लिई श्रीनाथ हरबल एण्ड कस्मेटिक ईन्डष्ट्री प्रालिको नाममा कम्पनी दर्ता गरि अबैध रुपमा बिभिन्न कम्पनिको कस्मेटिक सामानहरु उत्पादन गर्दै आएको पनि खुलेको छ । जैसवालले आफूले विभिन्न कम्पनीको नाम राखी उत्पादन गरेका ति अवैध सामानहरु महर्जनको ४ तल्लाको घरमा पुरै गोदाम गरेको पनि पाइएको छ । प्रहरीका अनुसार जैसवालले  Fruit Facial Massage Cream, Tea Tree Wiitch Hazel Menthol, Aloevera Cleansing milk, Greenbuti Pain Relief Massage oil Greenbuti herb hair oil, Unicare Naturals hand sanitizers, Platinum body perfume लगायतका कस्मेटिक सामानहरु उत्पादन गर्दैै आएका छन् । अबैध रुपमा ठूलो परिणाममा कस्टमेटिक समान र मेसिन पनि फेला परेपछि प्रहरीले वाणिज्य विभागसँग समन्वय गरी घरलाई नै सिल गराएको छ ।



    सेनिटाईजर र कस्मेटिक कम्पनी खोली अवैध रुपमा भारतीय ब्राण्डका नक्कली कस्मेटिक सामान उत्पादन गर्दै आएका रोशन जैसवाल र राजन जैशवाललाई भने प्रहरीले फेला पार्न सकेको छैन । जैसवालद्वयको खोजी भइरहेको परिसले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार