Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

४,४७२ जना संक्रमित थपिँदा ६,९५१ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ६ हजार १५५ पुगेको छ। जसमा १२ हजार २ जनाको पीसीआर र ५ हजार ९०१ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ४ लाख ९७ हजार ९६० जना कोरोना संक्रमणबाट निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको मन्त्रालयले जनाएको छ।

यसअघि हिजो ३,४७९ जनामा संक्रमण पुष्टि हुँदा ६,६३६ जना डिस्चार्ज भएका थिए भने ९९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077