Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • धनुषामा पाँचौपटक निषेधाज्ञा थप, यस्ता छन् नयाँ मापदण्ड

    धनुषामा पाँचौपटक निषेधाज्ञा थप, यस्ता छन् नयाँ मापदण्ड

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    जनकपुरधा । धनुषामा पाँचौपटक निषेधाज्ञा जारी गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गरी सोमवार राती १२ बजेदेखि लागू हुनेगरी अगामी जेठ ३० गते रातिसम्म पाँचौ पटक निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय धनुषामले जनाएको छ ।



    सोमबार जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दरमा क्रमश सामान्य सुधार देखिएतापनि संक्रमणको चुनौती अझौ कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले बताए ।



    निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार