विराटनगर । प्रदेश १ मा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ।
विपक्षीहरुको तीव्र दबाबका कारण प्रदेश १ सरकार अधिवेशन आह्वान गर्न बाध्य भएको हो । आज दिउँसो दुई बजे बैठक बस्नेछ। अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ।
यसअघि वैशाख ५ मा प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन टुंगिएको थियो। प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ। त्यसको १५ दिन अगावै प्रि बजेट छलफल सक्नुपर्ने हुन्छ ।
सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेपछि विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गरेका थिए ।
Leave a Reply