Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम चौधरीको रिहाईलाई ठाकुर र महतोले सत्तासँग साटे : किराती

काठमाडौँ । जसपाका युवा नेता तथा लेखक मिलनकान्छा किरातीले प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी असफल भइसकेको वताएका छन् ।

प्रवासी नेपाली लगानी बोर्ड पूर्वी एशियाले आयोजना गरेको जुम मिटिङलाई सम्बोधनगर्दै उनले भने,  ‘ओली सरकारका कारण लगानी गर्नलाई उचित वाताबरण बन्न सकेन । कोरोना नियन्त्रण गर्न छाडेर मन्त्रीमण्डल विस्तारमा व्यस्त हुनुहुन्छ । अर्थतन्त्र टाट पल्टिसक्यो । वहाँको तीनबर्षे कार्यकालभित्र जनतालाई दोब्बर तेब्बर ऋण भार थोपर्नु भयो । प्रधानमन्त्रीले माग्न नभ्याएर राष्ट्रपतिलेसमेत ऋण सहयोग मागेको देख्दा अत्यान्त लज्जित भइयो । भिखारी, मगन्तेको देश पहिचान बनाइदिनु भयो ।'

प्रधानमन्त्री ओलीले आफ्नो योग्यता अनुसार सकेसम्म बेस्ट परफर्मेन्स दिदा यस्तो डरलाग्दो रिजल्ट आएकोले अर्कोपटक जनताले ध्यान दिएर सम्मानगर्दै विदाई गर्नुपर्ने किरातीले वताए । उनले कोरोनाको कारण देखाएर सिडिओले निषेधाज्ञ जारी गरेकोमा आपत्ति जनाउदै भने, ‘जनप्रतिनिधी भएको अवस्थामा कर्मचारीलाई त्यो अधिकार छैन । सिडिओको खास काम नयाँ संविधानप्रदत्त अधिकार समन्वायत्मक रोल निर्वाह गर्ने हो । जो जनताको अगाडी कहिल्यै मतदान माग्न जानुपर्दैन, झुक्नु पर्दैन । उसले गर्ने निर्णय व्यवहार यस्तै निर्मम र कष्टपूर्ण हुन्छ । यो सबै ओली सरकारको ग्राण्ड डिजाइन हो ।’
जसपा फुटेर पार्टीभित्र महन्थ ठाकुर कि उपेन्द्र यादव कारवाहीमा परेको भन्ने जिज्ञासामा उनले भने, ‘पहिलो कुरा जसपा फुटेको छैन र फुट्दैन । दोस्रो कुरा महन्थजीहरुले पार्टी विधी र अनुशासन उलङ्घन गर्नुभयो । कार्यकारिणी समिती बैठकको बहुमतले कारबाही गरेको हो । विचार अलग हुनजादा कसैले विधी र प्रक्रिया पु-याएर पार्टी अलग गर्न सक्छ । तर, अहिले जसपा फुटेको छैन र फुट्दैन । कारबाही त तीन चारजनालाई मात्र होइन, विधी अनुशासन बाहिर गए आवश्यक परे तीन चारसय जनालाई पनि हुनसक्छ । हामी व्यक्तिको पछि होइन, विचार, एजेण्डा र झण्डाको पछि लागेका हौँ ।’

रेशम चौधरीको रिहाई जसपाले बिनाशर्त चाहेको तर यसलाई महन्थ ठाकुर र राजेन्द्र महतोले सत्तासँग साटेको किरातीले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077