Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१२५ पुग्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितलेको पनि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।

एक महिनादेखिको निषेधाज्ञाले थिलथिलो बनेका आम सर्वसाधरणलाई फेरि मूल्यबृद्धिले सताएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो।

हालको मूल्यमा ती सबैमा दुई रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ।

पहिले पेट्रोल १२३, डिजल १०६ र मट्टितेल र ७८ रूपैयाँ थियो। यद्यपि, एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077