रामनारायण यादव/ जनकपुरधाम । बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा सैनिक जवानको मृत्यु भएको छ । दुर्घटनामा एक जवान घाइते भएका छन् ।
शुक्रबार राति ११ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोर्ताहामा बिग्रेर रोकिराखेको ना ४ त १६८२ नम्बरको ट्रयाक्टरमा पूर्व दिशाबाट आउँदै गरेको रा ६ प २८६३ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार एक जना नेपाली सेनाको जवानको मृत्यु भएको छ भने सोही मोटरसाइकलको पछाडि सवार अर्का एक जवान घाइते भएका छन् ।
स्थानीयका अनुसार पूर्वबाट पश्चिमतर्फ जादै गरेको सिमेन्ट लोड ट्रयाक्टरको पछाडिको ट्यार अचानक पड्किएपछि सडक छेउमा रोकिराखेको थियो ।
मृत्यु हुनेमा दाङ्ग जिल्ला घर भएका भिमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान बर्ष २४ को नरेन्द्र गिरी रहेका छन् भने पछाडि सवार तनहुँ घर भई शेरगंज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ्ग सामान्य घाइते रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षण प्रदिप सुवेदीले जानकारी दिए ।
गिरीको उपचारको क्रममा सिरहाको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका दुबै सेनाका जवानलाई फुलकुमारी मेमोरिय अस्पतालमा उपचारका लागि पु¥याइएको थियो । अर्का घाइते सेनाका जवान तामाङ्गको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply