काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ। सो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा राजपालाई सामेल गराएपछि बस्न लागेको यो समूहको बैठकलाई चासोका साथ हेरिएको छ।
यसअघि नेपाल समूहको केन्द्रीय कमिटीको भर्चुअल बैठक बसेको थियो।
हिजो सो समुहको बैठकले पार्टी एकता जोगाउन ओली पक्षसँग अनौपचारिक तहमा जारी संवादलाई अन्तिमसम्म निरन्तरता दिने र वैकल्पिक पार्टी बनाउने पूर्वअभ्यासस्वरूप देशव्यापी समानान्तर कमिटी बनाउने अभियान जारी राख्ने निर्णय बैठकले गरेको छ ।
Leave a Reply