काठमाडौं । नेकपा एमालेको माधव नेपाल -झलनाथ खनाल समूहले पार्टी एकता जोगाउन वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने निष्कर्ष निकालेको छ ।
शुक्रबार सम्पन्न नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले वार्ता र पार्टी निर्माणलाई समानान्तर रूपमा लैजाने निष्कर्ष निकालेको हो ।
पार्टी एकता जोगाउन ओली पक्षसँग अनौपचारिक तहमा जारी संवादलाई अन्तिमसम्म निरन्तरता दिने र वैकल्पिक पार्टी बनाउने पूर्वअभ्यासस्वरूप देशव्यापी समानान्तर कमिटी बनाउने अभियान जारी राख्ने निर्णय बैठकले गरेको छ ।
आज शनिबार स्थायी कमिटी बैठक बस्ने र हिजो बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने नेपाल–खनाल पक्षले बताएको छ ।
Leave a Reply