Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अपहरणको १५ मिनेटमै प्रहरीद्वारा बालिकाको उद्धार, अपहरणकारी फन्दामा

    अपहरणको १५ मिनेटमै प्रहरीद्वारा बालिकाको उद्धार, अपहरणकारी फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 3K
    SHARES

    सांकेतिक तस्विर

    राजविराज ।  प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै सकुशल उद्धार गरेको हो । इलाका प्रहरी कार्यालयले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई समेत पक्राउ गरेको छ ।

    पीडितकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएकी छन् । राजविराजस्थित घरबाट आरोपितले ललाई फकाई झुक्यानमा पारी छलकपट गरी नियन्त्रणमा राखी अपहरण गरेको पीडितले बयान दिएका छन् ।



    पीडित बालिकाका अनुसार आमाबुबा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी प्रदेश २–०३–०१३ प–४६८२ नम्बरको अपाची मोटरसाइकलमा आएका आरोपितले बुबाको साथी भन्दै बालिकालाई लगेका थिए । आँगनमा निकै बेर बृद्ध हजुरबुबा, हजुरआमासँग कुरा गरेका आरोपितले आफ्नो बुबासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाएर झुक्याई लगेको बालिकाले बताइन् । बुद्धा हजुरआमाले छोराको साथी भनेर आरोपितले झुक्यानमा पारेको र विश्वासमा परेर बालबालिकालाई पठाएको बताइन् । पीडितका बुबाआमा घर आएपछि सोधखोज गर्दा छोराले कुनै साथीलाई लिन नपठाएको भनेपछि तत्कालै प्रहरीमा जानकारी गराउँदा र प्रहरी पनि सक्रिय हुँदा आरोपित पक्राउ परेको उनले बताइन् ।



    बालिकाका १६ वर्षीय दाजुलाई राजविराज –३ स्थित जिल्ला भूमिसुधार कार्यालय अगाडि ओरालेर बस्दै गर्न भनेपछि दाजुले शंका गरी प्रहरी र आमालाई घटनाबारे जानकारी गराएका थिए । प्रहरीलाई खबर गरेलगत्तै सक्रिय बनेको प्रहरीले चारैतिर नाकामा कडाइ गरी चेकजाँच गर्दा आरोपित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।
    आरोपित नवीन यसअघि मानव बेचविखन, गर्भपतन, हत्या, कुटपिट, लुटपिट, लागू औषध ओसारपसार, अपहरण,चोरी लगायतका आपराधिक घटनामा संलग्न रहेको स्थानीयवासी बताउँछन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार