Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अब पत्रकार बन्न जाँच दिनुपर्ने

    अब पत्रकार बन्न जाँच दिनुपर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ। अबदेखि पत्रकार बन्न जाँच दिनुपर्ने भएको छ।

    सरकारले पत्रकार बन्न जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएसँगै पत्रकार बन्न जाँच दिनुपर्ने भएको सरकारका प्रवक्ता एंव सञ्चार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए।



    आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गुरुङले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिँदै पत्रकारलाई जाँच लिने निकाय गठनलाई ‘गेमचेन्जर’ भएको टिप्पणी गरे।



    ‘ऐतिहासिक कार्यक्रम हो, पत्रकारहरू किन आज पत्रकारितामा कमजोर भए ? देशको चौथो अंग भन्दा हामीले पत्रकारहरूलाई त्यो किसिमको आचारसंहिता, त्यो किसिमको एउटा प्रशिक्षण र त्यो अनुसारको सहसचिव, सचिव हुन ६ महिना स्टाफ कलेज गर्नुपर्छ।’ मन्त्री गुरुङले भने।

    यस्तै, मन्त्री गुरुङले भने, ‘नेपाली सेनामा होस् प्रहरीमा होस् जुनसुकै क्षेत्रमा नियुक्ति भएको छ भने पनि उसले लोकसेवा पास गरेपछि पनि उसले सम्बन्धित विषयमा थप तालिम थप प्रशिक्षण लिनुपर्छ भने पत्रकारहरूको त स्वंय अझ देशको जवाफदेही, उनले भने, ‘एउटा सूचना तल-माथि पर्‍यो भने देशले कहिलेकाहीँ शिर झुकाउनु पर्ने अप्रिय घटना घट्ने। अनि देशको चौंथो अंगले पनि त्यो खालको कोर्स पुरा गरेको हुनुपर्छ।’

    ‘त्यसैले यो स्थितिबाट देशलाई जिम्मेवार बनाउनु छ । पत्रकारहरूलाई जिम्मेवार बनाउनु छ भने आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको आवश्यकता छ भनेर यो को कार्यक्रम राखेको छ । त्यसकारण यो पत्रकारहरूको निम्ति गेमचेञ्चर हो। पत्रकारहरूको निम्ति राष्ट्रिय गौरव हो। हामीले गेमचेन्जर नै हो भनेर भन्छौँ,’ मन्त्री गुरुङले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार