Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जर्मनीस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार पछिल्लो मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो।

बैठकमा परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत गरिएको गुरुङले जानकारी दिए ।

सरकारले हालै गरेको ११ देशका राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट २ जना समेटेर ९ जनालाई गैर परराष्ट्र सेवाबाट नियुक्तिका लागि सिफारिस गरेको थियो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077