Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई ओलीको ४८ घण्टे स्पष्टीकरण

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष ओलीले स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेको भन्दै शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका हुन्।

यसअघि गत जेठ १० गते बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।

तर, माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएन । बरु सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएर चार जना मन्त्री र तीन जना राज्यमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077