काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले देशको राजनीतिको हालत देख्दा आफू गलत ठाउँमा पुगेको जस्तो लागेको बताएका छन्।
सांसद लिङ्देनले आज सामाजिक सञ्जालमार्फत् देशलाई सबैभन्दा पीडा दिने क्षेत्रनै राजनीति हो जस्तो झल्को दिने गतिविधि देख्दा कतिपय बेला त गलत ठाउँमा पो पुगेकि जस्तो लाग्ने भन्दै ट्वीट गरेका छन्।
राजनीति सेवाको सर्वोत्तम माध्यम ठानेर राजनीतिमा आएको राजनीति शास्त्रको विद्यार्थी म, राजनीतिका नाममा दल दलकावीच र आफ्नै दलभित्र हुने जालझेल, भ्रष्टाचारले गर्दा निराश भएको उनको आशय रहेको बुझिन्छ।
उनले लेखेका छन्, 'राजनीति सेवाको सर्वोत्तम माध्यम ठानेर राजनीतिमा आएको राजनीति शास्त्रको विद्यार्थी म, राजनीतिका नाममा दल दलका बिच र आफ्नै दलभित्र हुने जालझेल,भ्रष्टाचार, देशलाई सबैभन्दा पीडा दिने क्षेत्रनै राजनीति हो जस्तो झल्को दिने गतिविधि देख्दा कतिपय बेला त गलत ठाउँमा पो पुगेकि जस्तो लाग्ने !'
https://twitter.com/RajendraLingden/status/1400662319617626117
तर, राप्रपाकै अध्यक्ष कमल थापा भने अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन् इच्छुक रहेका छन्। तर अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी त्यसका लागि तयार नभएको स्रोतले जनाएको छ।
थापाले गृह वा परराष्ट्र मन्त्रालय दाबी गरेका छन्। तर ती दुवै मन्त्रालय दिन नसकिने प्रधानमन्त्रीले जवाफ दिएका छन्। यसअघि ओली नेतृत्वको पहिलो सरकारमा थापा परराष्ट्रमन्त्री थिए।