Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुरामले भारतीय मिडियालाई अन्तर्वार्ता दिँदा किन नेपालको नक्सा पुरानो देखाए ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतीय मिडियालाई अन्तर्वार्ता दिँदा नेपालको पुरानै नक्सा देखाएको पाइएको छ ।

हालै पूर्वप्रधानमन्त्री भट्टराईले भारतीय संचारमाध्यम द प्रिन्ट को युट्युव च्यानल अन्तर्गत ‘द प्रिन्ट डिवेट’ कार्यक्रममा अन्तर्वार्ता दिँदा आफ्नो पछाडि नेपालको पुरानै नक्सा प्रयोग गरेको देखिएको छ । यसअघिका अन्तर्वार्ताहरुमा भने उनको यस्तो नक्सा प्रयोग भएको पाइएको थिएन।

तर, उक्त अन्तर्वार्तामा उनले आफ्नो पछाडि देखिने गरी नेपालको नक्सा र विश्वको नक्सा प्रयोग गरेका छन्। यो नक्सा प्रयोग गर्नुमा भारतीय नेतृत्ववर्गलाई पुरानै नक्सामा आफू यथावत रहेको सन्देश दिन खोजेको सहजै देखिन्छ ।

अन्तर्वार्तामा डा. भट्टराईले नक्साको प्रयोगद्वारा दिन खोजेको सन्देश के हो ? भन्ने बुझ्न सकिन्छ। भट्टराईले उक्त पुरानै नक्सा देखाएर दिएको अन्तर्वार्ताले तत्कालका लागि उनको राजनीतिक लाइनभन्दा भिन्न भारतीय मन भएको सहजै अनुमान लगाउन सकिन्छ।

तर, आफूसमेत सहभागी भएर पारित गरेको नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नयाँ नक्सालाई पुरै बेवास्ता गरेर पुरानै नक्सामा भारतीय मिडियालाई देखाउनु भने उनको नेपालप्रति भन्दा भारतप्रतिको बढी लगाव बुझिएको छ।

स्पष्ट बुझिन्छ कि नेपालको नयाँ नक्साको अपमान गरेर उनले भारतलाई खुसी पार्न खोजेका हुन् किनकि नयाँ नक्सा पारित गर्ने बेलामा सो कार्यलाई रोक्न भारतले अन्तिम अवस्थामा ठूलो कुटनीतिक र राजनीतिक अस्त्र प्रयोग गरेको थियो । त्यसयता नक्सा पारित गर्दाको परिस्थितिलाई ध्यानमा राखेर कसलाई कतिखेर च्यापेर कस्लाई प्रहार गर्ने भन्ने रणनीति नै बनाएर नेपालको राजनीतिमा उथलपुथल मच्चाउँदै आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध गरेर हटाउन खोज्दा नेपालमा झन् भारतविरोधी भावना भड्किएको विश्लेषणका आधारमा उनलाई निकट राखेर पहिला अरुमाथि प्रहार गर्ने र अन्त्यमा उनलाई पनि प्रहार गर्ने भारतीय रणनीति हाल कार्यान्वयनमा रहेकै बेला डा. भट्टराईले भारतीय संस्थापनको मन शितल हुने गरी पुरानै नक्सा प्रयोग गरेर अन्तर्वार्ता दिनुलाई अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077