Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • विश्वकप छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले हरायो

    विश्वकप छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले हरायो

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    तस्बिर : एएफसी

    काठमाडौं। विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको छ ।

    कुवेतको जबेर अल हमाद अन्तर्राष्ट्रिय रङशालामा भएको खेलमा  अञ्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले  गोल गरे ।
    प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले ६५ औं मिनेटमा सुनिल बललाई बिस्थापित गर्दै नवयुगलाईमैदानमा लागेका थिए ।



    नवयुगले मैदान प्रवेश गरेको छैठौं मिनेटमै गोल गर्न सफल भए ।



    यो सँगै समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । गत वर्ष पहिलो लेगमा पनि नेपालले ताइपेइलाई २–० ले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार