Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्पतालमा नारा लगाउनेलाई जेल हाल्नेसम्मको अध्यादेश पारित , राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

काठमाडौं। अस्पताल र चिकित्सकमाथि हुने आक्रमण रोक्न सरकारले कडा कानुन ल्याउने निर्णय गरेको छ।

बिहीबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ पारित गरेको छ ।

सो अध्यादेश स्वीकृतिका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नेछ । अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ।   अध्यादेशमा अस्पताल तथा स्वास्थ्य संस्थामा नारा जुलुस गरेमा १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तथा आगजनी गरेमा २ वर्ष देखि ५ वर्ष जेल र ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था  गरिएको छ।

चिकित्सकलाई कुटपिट गरेर चोट पटक लागेमा तथा स्वास्थ्य संस्था तोडफोड गरेमा ३ वर्ष कैद र ३ लाख जरिवाना हुनेछ।

चिकित्सकलाई हातपात गरेर अपमान गरेमा, गाली बेइज्जती गरेमा र बिरामीको उपचारमा अवरोध गरेमा १ वर्ष जेल र १ लाख रुपैयाँ जरिवानाको व्यवस्था अध्यादेशमा गरिएको छ।

अध्यादेशमा अस्पताल तथा स्वास्थ्य संस्थामा नारा जुलुस गर्न नपाईने उल्लेख भएको स्रोतको भनाइ छ । अध्यादेशमा नारा , जुलुस सहित घेराउ गर्नेलाई १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको व्यवस्था गरिएको वताइएको छ।

पछिल्लो समय स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि  आक्रमण बढेपछि दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कडा कानुन ल्याउन लागिएको हो। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा उक्त अध्यादेश ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077