Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपालले आज ताइपेईसँग खेल्दै

    नेपालले आज ताइपेईसँग खेल्दै

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ ।

    उक्त खेल कुवेतको कुवेत सिटीमा आज राति पौने १० बजे हुनेछ । चाइनिज ताइपेईलाई यसअघि पनि नेपालले हराइसकेको छ ।



    नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेईविरुद्ध नेपालको लक्ष्य जित भएको बताएका छन् । छनोटको चौथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्ने उहाँको भनाइ छ । कुवेतको गर्मीमा खेल्न कठिन हुने उनले बताए ।



    नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर भने छ । नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ ।

    नेपालभन्दा पछि रहेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन । नेपालले जेठ २४ गते जोर्डनसँग र जेठ २८ गते अस्ट्रेलियासँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार