Online Nepal
  • बुधबार, १० पुष २०८१
  • फेरि नयाँ अध्यादेश ल्याउँदै सरकार

    स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ४ वर्ष जेल र २ लाख जरिवाना

    स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ४ वर्ष जेल र २ लाख जरिवाना

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोनाको महामारीमा आफ्नो स्वास्थ्यको ख्याल नगरी अहोरात्र कोरोना संक्रमितको सेवामा लाग्दा समेत स्वास्थ्यकर्मीमाथि आक्रमण हुनेक्रम रोकिएको छैन । पछिल्लो पटक सत्तारुढ दल नेकपा एमालेकै नेताले यही जेठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्युको घटनालाई लिएर उक्त वार्ड भित्रै छिरेर चिकित्सक र नर्समाथि हातपात गरेका थिए ।

    पछिल्लो पटकको उक्त घटनालाई लिएर चौतर्फीरुपमा आलोचना भएपछि सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको हो । स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएको भन्दै सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको लागि अध्यादेश ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको छ । जसमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउने तथा स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई २ लाख जरिवाना वा ४ वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।



    विधेयकमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय प्रस्ताव गरिएको छ भने बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद प्रस्ताव गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्यले पठाएको प्रस्ताव मन्त्रिपरिषदको विधायक समितिमा छलफलको चरणमा छ । उक्त प्रस्ताव एक÷दुई दिनमै मन्त्रिपरिषद बैठकमा पेश हुने पनि बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार