Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भारतमा चिकित्सकमाथि आक्रमण गर्ने २४ जना पक्राउ

    भारतमा चिकित्सकमाथि आक्रमण गर्ने २४ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    गुवाहाटी। भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिए ।

    होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना भाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो ।



    चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् ।



    ‘घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ,’ मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

    महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरुमाथि भएको आक्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार