Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुरे क्षेत्रको सरकारी नीतिबारे गगन भन्छन् - यो नीतिगत भ्रष्टाचार हो

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगन थापाले ढुंगा, गिटी, बालुवा निकासी खुल्ला गर्ने निर्णय नीतिगत भ्रष्टाचार भएको र यसलाई विगतमा पनि रोकेको र अहिले पनि रोेकेरै छाड्ने बताएका छन् ।

प्रधानमन्त्री  केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०७८–०७९ को बजेट भाषणमार्फत् चुरेको विनाश गर्नका लागि ढुंगा, गिटी, बालुवाको निकासी खुल्ला गर्ने घोषणा गरेकोप्रति नेता थापाले विरोध जनाउदै त्यसको बिरुद्दमा उभिन आग्रह समेत गरेका छन्।

सरकार चुरे विनाश गरी तराई डुबाउने एकसूत्रीय अभियानमा लागेको भन्दै नेता थापाले सामाजिक संजालमा एक स्टाटस लेख्दै सरकारको नीतिविरुद्द एक हुन आह्वान गरेका हुन्।

फेसबुकमा उनले  लेखेका छन्, 'संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा 'नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने' कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ।वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ।'


यस्तै उनले लेखेका छन्, 'यो 'नीतिगत भ्रष्टाचार हो'।आफ्ना 'यार'लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ।चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।




अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै।आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गर्दछु।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077