Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • नारायणहिटी राजदरबार हत्याकाण्डको आज २० वर्ष पूरा

    नारायणहिटी राजदरबार हत्याकाण्डको आज २० वर्ष पूरा

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्ड भएको आज २० वर्ष पुरा भएको छ । विसं २०५८ जेठ १९ गते पूर्वराजा वीरेन्द्र शाहसहित दश जनाको गोली प्रहार गरी हत्या गरिएको थियो ।

    रहस्यमय तरिकाले भएको उक्त दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह लगायतको हत्या भएको थियो ।



    जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रुपमा लिने गरिन्छ । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुने गरी भएको उक्त हत्याकाण्ड भएको २० बर्ष पुरा भएपनि यो घटना रहस्यमय नै रहेको छ ।



    यस हत्याकाण्डबारे तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायलगायतको छानविन समितिले यूवराज दीपेन्द्र शाहले सबैलाई गोली चलाएर आफुलाई पनि गोली हानेको प्रतिवेदन सार्वजनिक गरेका थिए । तर यसलाई धेरैले विश्वास गरेका छैनन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार