Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चितवनमा प्रतिबन्धित औषधीको कारोबार गर्ने मेडिकल संचालकसहित २ जना पक्राउ

    चितवनमा प्रतिबन्धित औषधीको कारोबार गर्ने मेडिकल संचालकसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    चितवन। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले प्रतिबन्धित औषधीको कारोबार गर्ने मेडिकल संचालकसहित २ जनालाई पक्राउ गरेको छ।

    पोखरा बसपार्कमा भरतपुर महानगरपालिका वडा नं. ९ बस्ने वर्ष २९ को अभिषेक थापाले संचालन गरेको सत्य भगवती मेडिकल हलमा प्रतिबन्धित औषधी बिक्री बितरण



    गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिक्रिबितरण गर्ने मेडिकल संचालक अभिषेक थापा र खरिद गर्ने जिल्ला चितवन भरतपुर



    महानगरपालिका २ बस्ने वर्ष १८ को आशिष तिवारीलाई  पक्राउ गरी थप अनुसन्धान तथा आवस्यक कारबाहीको लागी औषधि व्यवस्था बिभाग शाखा कार्यालय बिरगञ्ज बुझाएको छ ।

    उनीहरुको साथबाट प्रहरीले एनार्गन १०१ पत्ता (1010 ट्याव्लेट), ट्रामा ५८ पत्ता (६८० ट्याव्लेट) र ट्रफिन ८१ ट्याब्लेट गरी जम्मा १७७१ ट्याब्लेट बरामद गरेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार