Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भीम रावलको प्रश्न - कोरोनाको निहुँमा संवैधानिक व्यवस्था र मर्यादा मिच्न पाइन्छ ?

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष डा. भीम रावलले सोमबार राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप माग्दै पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको टिप्पणी गरेका थिए ।

नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप माग्दै विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको भन्दै नेता रावलले आपत्ति जनाएका थिए।

तर, आज दिउँसो एमाले स्थायी कमीटिको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिको कदमप्रति विरोध नगर्न आग्रह गर्दै विरोध गर्नेहरुलाई कहिले कोरोना नलागोस् भनेर प्राथाना समेत गरेका थिए।

यद्यपि नेता रावलले भने त्यसको केही समय पश्चात् पुन आपत्ति जनाउदै सामाजिक सञ्जालमार्फत् भनेका छन्, 'कोरोनाको निहुमा संवैधानिक व्यवस्था र मर्यादा मिच्न पाइन्छ ? 'भन्दै प्रश्न समेत गरेका छन्।

ट्वीटरमा उनले लेखेका छन्, ' मुख छदाछदै नाकले पानी पिइन्छ र ? कोरोनाको निहुमा संवैधानिक व्यवस्था र मर्यादा मिच्न पाइन्छ ? खोपबारे राष्ट्रपतिले कुरा र पत्राचार गर्नुभएको देशमा सरकार केही गर्ननसक्ने स्थितिमा हो ? राष्ट्रपतिले राष्ट्रपतिसंग कुरा र पत्राचार गर्नैपर्ने भन्नेले कार्यकारी राष्ट्रपति नभएको देशमा हेर्नु।'

https://twitter.com/BhimRawal179/status/1399681870535610371

केही दिनयता राष्ट्रपति भण्डारीले खोप उत्पादक विभिन्न मुलुकका राष्ट्र प्रमुखलाई खोप सहजीकरणको आग्रह गर्दै पत्राचार गर्दै आएकी छिन् । उनको यो कदमप्रति पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि आपत्ति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077