Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • विवेकशील साझाका नेता उज्ज्वल थापाको मृत्यु

    विवेकशील साझाका नेता उज्ज्वल थापाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ। कोरोना भाइरस संक्रमणबाट विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ ।

    ४४ बर्षीय थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको विवेकशीलकै नेत्री रन्जु दर्शनाले जानकारी दिईन।



    उनका अनुसार सुरुमा कोरोना संक्रमण भएपछि नेता थापालाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो।  ह्याम्पसबाट ग्राण्डी हुँदै केहिदिन अघि नेपाल मेडिसिटी अस्पतालमा लगिएको थियो। तर, पछिल्लो केही दिनयता  कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्थामा भने सुधार आउन सकेको  थिएन।



    थापाको उपचारका लागि साथीभाइ र पार्टीका शुभेच्छुकहरुले परिवारसँग सल्लाह गरेर स्वतः स्फूर्तरुपमा रकम संकलन पनि गरेका थिए ।

    नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका थापा नेपाली राजनीतिमा फरक विचारको प्रतिनिधित्व गर्ने सरल नेता मानिन्छन् ।

    यसअघि २९ असोज २०७६ अघिसम्म थापा विवेकशील नेपाली दलको अध्यक्ष थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार