काठमाडौँ । चीन सरकारले नेपाललाई अनुदान स्वरुप दिएको १० लाखमध्ये ८ लाख डोज खोप काठमाडौं आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले बेइजिङबाट उक्त परिमाणको खोप ल्याइपुर्याएको हो । खोप ल्याएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अघि अवतरण गरेको नेपालका लागि चिनियाँ राजदूत हाओउ यांकीले जनाएकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।
यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ । चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो ।
https://twitter.com/PRCAmbNepal/status/1399655188307136515