Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेद्वारा सर्वोच्चमा भएको 'अस्वस्थ गतिविधि'को समीक्षा, उचित नभएको निष्कर्ष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतमा भइरहेको अस्वस्थ गतिवधि उचित नभएको निष्कर्ष निकालेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र आफूले चाहेको जस्तो फैसला खोज्ने ढङ्गले सिर्जना गरिएको दवाव स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल नखाने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी भइरहेका अस्वस्थ गतिविधिको सन्दर्भमा समीक्षा गरेको छौं,’ बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै प्रवक्ता ज्ञवालीले भने, ‘आफूले भनेकै न्यायाधीश र आफूले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढङ्गले सिर्जना गरिएका दवावहरू स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल खाँदैनन्, यस्ता काम उचित होइनन् र यस्ता काम हुनुहुँदैन ।’

यस्तै, बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको ज्ञवालीले बताए। बैठकमा पार्टी एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ, उनले भने ।

बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे बैठकको एजेण्डा नै नभएको प्रवक्ता ज्ञवालीले बताए । उनले एमाले वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको भन्दै आवश्यक परे कार्यदललाई पुनर्गठन गर्न सकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077