Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • परिवर्तन भएनन् संवैधानिक इजलासमा न्यायाधीश

    परिवर्तन भएनन् संवैधानिक इजलासमा न्यायाधीश

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्‍शेर राणाले संवैधानिक इजलासमा न्यायाधीश परिवर्तन नगरी यथावत रुपमा सुनावाइ अगाडि बढाएका छन् ।

    आजको सुनुवाइमा संवैधानिक इजलासमा राणाका साथै न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेज बहादुर के सी र बमकुमार श्रेष्ठ सामेल छन् ।



    कानुन व्यवसायीहरूले नेकपा विभाजन सम्बन्धि फैसलामा संलग्न न्यायाधीशहरूलाई राख्‍न नहुने माग राखेका थिए । महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश परिवर्तन गर्न नहुने अडान लिएपछि विवाद उत्पन्‍न भएको थियो । इजलासमा बस्‍ने वा नबस्‍ने आफै निर्णय लिन आइतबारको इजलास हेर्दाहेर्दैमा टुंगिएको थियो ।



    प्रधानन्यायाधीश राणाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश र प्रतिनिधि सभा पुनस्स्थापनासम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजलासममा आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ छानेका थिए ।

    कांग्रेस सभापति देउवाको नेतृत्वमा १४६ सांसदहरूको हस्ताक्षरमा प्रधानमन्त्री नियुक्ति परमादेश जारीको माग गरिएको रिट परेको थियो । रिटमा कांग्रेसका ६१, माओवादी केन्द ४९, एमाले माधवकुमार नेपाल पक्षका २३, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदको हस्ताक्षर छ ।

    उक्त रिट निवेदनमा देउवालाई समर्थन गर्ने सांसदहरूलाई दल त्याग ऐनअनुरुप कारबाही गर्न नमिल्ने जिकीरसहित अदालतले त्यसमा पनि आदेश गर्नुपर्ने माग राखेका थिए । त्यसअतिरिक्त कानुन व्यवसायीहरूको तर्फबाट प्रतिनिधि सभा पुनस्स्थापना निम्ति ३० वटा रिटमाथि सुनुवाई हुँदैछ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार