काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भिख माग्न लगाएको वताएका छन्।
भट्टराईले कोरोना भाइरस खोपबारे राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी गरेका छन् । सामाजिक सन्जालमा लेख्दै उनले नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो भएको भन्दै उनले प्रश्नसमेत गरेका छन् ।
भट्टराईले भनेका छन्, ’कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो ? , उनले भनेका छन्, ‘सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने रु खै लज्जाशरणम ? ’
https://twitter.com/brb1954/status/1399398034622930949?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1399398034622930949%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.drishtinews.com%2Farchives%2F83563