बर्दिया । बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट मधुवन नगरपालिका ५ शान्तिपुरकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो ।
थापालाई सोमवार मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्रअन्तर्गत नेपाल भारत सीमा नजिकको सामुदायिक वनमा बाघले आक्रमण गरेको सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए ।
बाघको आक्रमणबाट महिलाको ज्यान गएपछि सो क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
Leave a Reply