Online Nepal
  • मंगलबार, २७ कार्तिक २०८१
  • मौसममा सामान्य बदली

    मौसममा सामान्य बदली

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । देशभर आज मौसममा सामान्य बदली रहेको छ । तर प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा भने बिहानैदेखि पानी परिरहेको छ ।

    भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि मनसुनका यी तीन प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    प्रदेश १ र २ मा हल्का वर्षा भएको छ भने सुदूरपश्चिमका जिल्लामा मध्यम खालको वर्षा भइरहेको छ । यी तीन प्रदेशको मौसम बुधबार पनि समान रहने छ ।



    काठमाडौँ उपत्यकासहित वाग्मती, गण्डकी प्रदेशका धेरै ठाउँमा घाम लागेको छ । यी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली रहने छ । प्रि मनसुन बाहेक अन्य प्रणालीको प्रभाव नपरेकाले ठूलो पानी पर्ने सम्भावना छैन ।

    यसपालि समयमा नै मनसुन भित्रिने महाशाखाले जनाएको छ । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रने गर्दछ । यसपाली धेरै पानी पर्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार