Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा विपक्षी गठबन्धनका पाण्डे निर्वाचित

बुटवल । लुम्बिनी प्रदेश राष्ट्रियसभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेद्‌वार दृगनारायण पाण्डे विजयी भएका छन् ।

आज भएको मतदानमा पाण्डेले ४ हजार १४० मतभार पाए । उनका विपक्षी एमालेका उम्मेद्‌वार चन्द्रबहादुर खड्काले ३ हजार ५९४ मतभार पाए।

विजयी पाण्डे हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए ।

पराजित खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077