Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री निकम्मा, राष्ट्रपतिले खोप माग्दै पत्राचार गर्नु संविधानको उल्लंघन : भीम रावल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष डा भीम रावलले राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका छन्।

एमाले नेता रावलले सामाजिक सञ्‍जाल ट्विटरमार्फत् राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउदै संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन्।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले भारत, चीन, अमेरिका र रशियाका राष्ट्रपतिसँग नेपाललाई खोप उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार र फोन सम्पर्क गरेकी थिइन्। राष्ट्रपतिको उक्त कदमप्रति एमाले उपाध्यक्ष रावलले संविधानविपरीत भएको भन्दै आलोचना गरेका हुन्।

ट्वीटरमा उनले लेखेका छन्, 'कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो। यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो? भन्ने गम्भीर प्रश्न उठ्छ।'

https://twitter.com/BhimRawal179/status/1399304078966939649

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077