Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • धनुषामा चौथो पटक निषेधाज्ञा थपियो

    धनुषामा चौथो पटक निषेधाज्ञा थपियो

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव / जनकपुरधाम । धनुषामा चौथो पटक निषेधाज्ञा थप गरिएको छ ।

    कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएपनि संक्रमणको चुनौति अझै रहेकोले जेष्ठ १७ गते राति १२ बजेबाट थप ७ दिनका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।



    आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णया गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।



    कोरोनाको दोस्रो लहरमा गएको जेष्ठ १० गते बिहानदेखि जेष्ठ १७ गते राति १२ बजेसम्म लगाइएको निषेधाज्ञाको समय सोमबार राति सकिँदै छ । यो गरि जिल्लामा तेस्रो पटक निषेधाज्ञाको समयअवधि थप गरिएको छ । जिल्लामा प्रथम पटक बैशाख २१ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

    निषेधाज्ञा अवधिमा अति आवश्यकबाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार