Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सञ्चारमाध्यम बहिष्कार गरेकी ओशाकाले फ्रेन्च ओपन गुमाउने खतरा

    सञ्चारमाध्यम बहिष्कार गरेकी ओशाकाले फ्रेन्च ओपन गुमाउने खतरा

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । केही समयदेखि सञ्चारमाध्यम बहिष्कार गर्दै आएकी विश्व नम्बर दुई महिला टेनिस खेलाडी नाओमी ओशाकाले फ्रेन्च ओपन गुमाउने खतरा बढेको छ ।

    उनले बहिष्कारको क्रम जारी राखे भावी ग्राण्डसलामबाट समेत निष्काशन हुने सम्भावना रहेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।



    जापानी खेलाडी ओशाकाले गत साता खेल सम्पन्न भएपछि आफुले सञ्चारमाध्यमहरुलाई अन्तर्वार्ता नदिने बताएकी थिइन् । उनले मानसिक स्वास्थ्यका कारण अन्तर्वार्ता नदिने बताएकी थिइन् ।



    फ्रेन्च ओपन टेनिसअन्तर्गत आइतबार भएको पहिलो चरणको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई पराजित गरेपछि पत्रकार सम्मेलनमा भाग नलिएका कारण ओशाकामाथि १५ हजार डलरको जरिवाना समेत गरिएको थियो ।

    उनले सो खेल ६–४, ७–६ तथा ७–४ अंकले जितेकी थिइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार