रामनारायण यादव / महोत्तरी । जिल्लाको रामगोपालपुर नगरपालिकामा पानी जमेको खाल्डोमा डुबेर दुई दाजु भाईको मृत्यु भएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा वडा नम्वर ९ गोठबनौलि नजिक रहेको एमपिएस इटा उद्योगले इटा बनाउन माटोकोलागि खनेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका वडा ९ गोठ बनौलि बस्ने रामकरण मणडलका ९ वर्षीय छोरा प्रेम कुमार मण्डल र अर्काे १० वर्षीय छोरा आशिक कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जनाकारी दिए ।
प्रहरीका अनुसार हिजो साँझ वर्षाको पानी जम्मा भएको खाल्डोमा डुबेका दाजु–भाईलाई देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल ल्याउँदै गदाँ बाटोमा नै मृत्यु भएको प्रवक्ता विष्टले बताए ।
उनीहरुको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply