काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा एमालेबाट निस्कासित नेता माधव नेपाल र भीम रावलसहित विपक्षी दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।
बैठकमा कांग्रेसबाट सभापति देउवा, रामचन्द्र पौडेल र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, देव गुरुङ, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायत सहभागी छन्।
एमालेले कारबाही गरेपछि नेता नेपाल र रावल प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध निकै सक्रिय भएका छन् । बैठकमा सरकारविरुद्ध रणनीति बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।
संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेका बेला विपक्षी गठबन्धनका शीर्ष नेता भावी रणनीति बनाउन छलफलमा जुटेका हुन्।
Leave a Reply