Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - बजेट सिधासाधा मतदातालाई ललिपप बाँडे जस्तै, एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो

काठमाडौं। जनता समाजावदी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८र७९ को बजेट सिधासाधा मतदातालाई ललिपप बाँडेको जस्तै देखिएको तर्क गरेका छन् ।

डा. भट्टराईले अर्थमन्त्रीमार्फत् वाचन गरिएको बजेट र नहुने चुनावको एमालेको घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक नपाइएको पनि उल्लेख गरे ।

भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, 'अर्थमन्त्रीमार्फत बाचन गरिएको नहुने चुनाबको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन। सिधासाधा मतदातालाई ललिपप बाँडेको देखियो । पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो। '

आज अर्थमन्त्री  विष्णु पौडेलले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका  थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077