Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशको वर्षे अधिवेशन बुधबार

बुटवल । लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन आउँदो जेठ १९ गते बुधबार बस्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले जेठ १९ गते १ बजे प्रदेशसभा आह्वानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख ६ मा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्न विशेष अधिवेशन आह्वान भएको थियो ।

त्यसदिन नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बैठक नबसी अधिवेशन अन्त्य भएको थियो ।

त्यसपछि विपक्षी गठबन्दनले विशेष बैठक आह्वान गर्न आग्रह गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले मानेका थिएनन् । पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपनि एकाएक सोहि दिन पोखरोललाई नै पुनः मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077