Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले दिए राजीनामा, चार जना नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् भने चार जना मन्त्रीमा नियुक्त भएका छन् ।

यसअघि एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि समर्थन कायमै राख्ने निर्णय गरेको बेला एमालेका दुई जना मन्त्रीले राजीनामा दिएका हुन् भने तीन जना नयाँ मन्त्री थपिएका हुन्। जसमा एक जना मन्त्री भने नेकपा माओवादी केन्द्रबाट रहेका छन्।

राजिनामा दिनेहरुमा नेकपा एमालेका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट रहेका छन् भने एमालेबाटै दीर्घ सोडारी र पूर्णा जोशी मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीमध्ये सोडारीलाई भौतिक पूर्वाधार र जोशीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि आन्तरिक मामिलामन्त्री रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077