Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाँकेका सीडीओलाई उपप्रधानमन्त्रीको फोन, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ)शिवराम गेलाललाई आज टेलिफोन गर्दै भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले कोरोना महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन सीडीओ गेलाललाई निर्देशन दिएका हुन् ।

साथै उक्त घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने तीन जना पक्राउ परिसकेका छन् । जसमा दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत रहेका छन्।

पक्राउ परेका उनीहरुमाथि ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गराएर आवश्यक अनुसन्धान जारी गरिएको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077