Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाैः प्रधानमन्त्री ओली

    सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाैः प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आज सिंहदरवारमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन् ।



    खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उनले विश्वव्यापी सहकार्यमा जोड दिए । प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट गरे ।



    उनले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि आक्रमणमाथि कडा कारबाही गरिने पनि स्पष्ट गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार