Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • ओली समुहकै नेताद्वारा भेरी अस्पतालका नर्स र डाक्टरमाथि मध्यरातमा आक्रमण, प्रहरीमा चर्को दबाब !

    ओली समुहकै नेताद्वारा भेरी अस्पतालका नर्स र डाक्टरमाथि मध्यरातमा आक्रमण, प्रहरीमा चर्को दबाब !

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    बाँके। नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि भएको आक्रमणको घटनामा नेकपा एमालेकै केपी ओली समुहका प्रदेशका नेता मुछिएका छन्।

    घटनाका मुख्य नाइके ओली समुहका प्रदेशका नेता रहेको पाइएको छ । लुम्बिनी प्रदेश कमिटि सदस्य तथा दाङका नेता मानबहादुर राउतको नेतृत्वको टोलीले अस्पतालका चिकित्सक र नर्समाथि मध्यराती आक्रमण गरेको खुलेको छ । राउत मुख्य मन्त्री शंकर पोखरेल र ओली समुहकी नेता शान्ता चौधरी निकट व्यक्ति हुन ।राउत अर्थमन्त्री बिष्णु पौडेलसँग पनि नजिक छन् ।



    उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका हुन् ।



    उनीहरूले अस्पतालसमेत तोडफोड गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/ ५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए ।

    अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको हो ।

    उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेको आरोप छ । उनीहरु अस्पतालको छतबाट हामफालेर बाँचेका थिए ।

    प्रहरीकाअनुसार घटनामा संलग्नमध्ये मानबहादुर , भरत र लोकराज रावतलाई पक्राउ गरिएको छ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले उनीहरूलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धानअगाडि बढाइएको बताए।

    पक्राउ परेका मान बहादुर ओली समुहका ठूलै नेता भएका कारण घटना मिलाउन प्रहरीलाई दबाव छ ।

    दबावका कारण स्वास्थ्यकर्मीले प्रहरीमाथि नै आशंका गरेका छन् । रावत यसअघि तुलसीपुर उपमहानगरपालिकामा सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव थिए।
    एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपपछि उनको जागिर गएको थियो।

    मृतकका आफन्तहरूको आक्रमणबाट ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका छन् । आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ। अस्पताल विकास समितिका अनुसार घटनापछि स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेका छन् र काममा आउन मानिरहेका छैनन्।

    यसैबीच,  घटनाको सत्यतथ्य बुझ्न लुम्बिनी प्रदेशका डिआईजी रबिन्द्र धानुक घटनास्थल गएका छन् ।

    घटनाको बारेमा अस्पताल प्रशासनसंग बुझेर प्रहरीलाई थप कारबाही गर्न निर्देशन दिने उनको भनाइ छ । धानुकले अस्पताल भएको अमानबिय, अपराधजन्य घटनामा मुछिएका सबैलाइ मुद्धा चलाई कारबाही गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार