Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा चोरीनिकासीको पट्रोलियम पदार्थ बरामद

बाँके। बाँके जिल्लाको नरैनापुर गाउँपालिका २ स्थित सीमा ईलाकाबाट जेठ १२ गते सशस्त्र प्रहरीले करीव २ लाख ८४ हजार रुपैयाँ बराबरको चोरीनिकासीको
पेट्रोलियम पदार्थ बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मुल्य बराबरको ३१ सय लिटर डिजेल र ५० लिटर पेट्रोल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कट्कुईयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद पेट्रोलियम पदार्थ भन्सार कार्यालय जमुनहामा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077