Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले सुदूरपश्चिम प्रदेशका ३ जना मन्त्रीसँग माग्यो स्पष्टीकरण (पत्रसहित)

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

आज प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले एक विज्ञप्ति जारी गर्दै सरकारबाट फिर्ता हुने पार्टीको निर्देशनलाई अवज्ञा गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।

हाल सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधिएको हो।

कमिटीले उनीहरुलाई विभिन्न ३ बुँदाहरुमा स्पष्टीकरण सोधेको छ।

 यस्तो छ एमाले नेताहरुलाई सोधिएको स्पष्टिकरण पत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077