Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • युरोपा लिगको उपाधि भिल्लारियललाई

    युरोपा लिगको उपाधि भिल्लारियललाई

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले पहिलो पटक उपाधि जितेको हो ।

    खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टीमा गयो ।



    दश वटा पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेका थिए । ११ औं पेनाल्टीमा म्यानचेस्टर युनाइडेटले गोल गर्न सकेन । भिल्ला रियलका रुल्लीले गोल गर्दै टिमलाई जिताए ।
    कुनै पनि फुटबलमा २१ वटा पेनाल्टी बिरलै देख्न पाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पोल्याण्डमा भएको खेलमा झण्डै १० हजार दर्शकलाई मैदान प्रवेशको मौका दिइएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार