Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • जिदानद्वारा रियल मड्रिडको प्रशिक्षकबाट राजिनामा

    जिदानद्वारा रियल मड्रिडको प्रशिक्षकबाट राजिनामा

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । स्पेनीस क्लव रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले राजिनामा दिएका छन । सिजन सकिएपछि क्लव छोड्ने उनले यसअघि नै घोषणा गरेका थिए ।
    जिदानले प्रशिक्षकका रुपमा दोस्रो पटक टिम छोडेका हुन । जिदान सन् २०१६ मा पनि रियलको प्रशिक्षक भएका थिए । त्यो बेला उनले रियललाई तीन पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

    पहिलो पटक रियलको प्रशिक्षक हुँदा निकै ठूलो सफलता हात पारेका जिदानको दोस्रो कार्यकाल भने साचेको जस्तो सफल रहेन ।



    दोस्रो कार्यकालमा उनले ला लिगाको उपाधि गत सिजन जितेपनि च्याम्पियन्स लिगमा भने राम्रो गर्न सकेनन् । यो सिजनमा रियलले कुनैपनि उपाधि जित्न सकेन ।



    च्याम्पियन्स लिगमा रियल यो सिजनमा चेल्सीसँग सेमिफाइनलमा पराजित भयो । कोपा डेल रे मा अन्तिम ३२ बाट नै बाहिरीएको थियो ।

    जिदानको तत्कालको नजर युभेन्टस रहेको बताइएको छ । अब जिदानको ठाउँ रियलमा राउल र एलिग्रीले लिने सम्भावना छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार